लक इन अवधि सकिएको ६ महिनामै ग्रीन लाइफ हाइड्रोबाट बाहिरिँदै ग्रीन लाइफ

  २०८१ भदौ २३ गते ८:४८     विकासन्युज

काठमाडौं । लक इन अवधि सकिएको ६ महिनामै ग्रीन लाइफ हाइड्रोपावरको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले सस्थापक सेयरधनीको नाममा रहेको १० लाख कित्ता सेयर बिक्रीमा राखेको हो ।

कम्पनीका अनुसार संस्थापक सेयरधनी ग्रीन लाइफ इन्भेष्टमेन्ट प्रालिले आफ्नो स्वामित्वमा रहेको १० लाख कित्ता सेयर बिक्रीमा राखेको हो । कम्पनीको सञ्चालक समितिको साउन २४ गते बसेको बैठकले उक्त सेयर बिक्री गर्न अनुमति दिएको हो ।

कम्पनीको उक्त सेयर संस्थापक सेयरधनीले मात्र खरिद गर्न पाउनेछन् । यदि ३५ दिनभित्र सेयरधनीले खरिद नगरेमा सर्वसाधारणलाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

कम्पनीको सेयरको लक इन अवधि २०८० फागुन ६ गते सकिएको थियो । कम्पनीको संस्थापक समूहको १ करोड ४४ लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाको १ लाख ३ हजार ६ सय कित्ता र कर्मचारीहरूको ६९ हजार ९२८ कित्ता गरी कूल १ करोड ४५ लाख ७३ हजार ५२८ कित्ता सेयरको लक इन अवधि गत फागुनमा सकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.