विपदमा परेका व्यवसायीलाई सहयोग गर्न राहत कोषमा जुट्न थाल्यो रकम

  २०८१ भदौ २३ गते १०:२५     विकासन्युज

झापा- विपदमा परेका व्यवसायीलाई सहयोग गर्न बिर्तामोड उद्योग वाणिज्य सङ्घले स्थापना गरेको ‘सदस्य राहत कोष’मा सहयोग रकम जुट्न थालेको छ ।

विपत्तिका बेला तत्काल सहयोग गर्ने उद्देश्यले सङ्घले एक करोड रुपैयाँको अक्षयकोष बनाउने निर्णय गरेको थियो । सङ्घमा पाँच हजार ६ सय ६२ जना सदस्य आबद्ध छन् । सङ्घका सदस्य व्यवसायी पर्वत कार्कीले कोषमा एक लाख ११ हजार एक सय ११ रुपैयाँ दाखिला गरेकाे सङ्घका अध्यक्ष राजु न्यौपानेले बताए ।

हालसम्म आठ लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन भइसकेको छ । आगलागी, बाढी, चोरी, लुटपाटलगायत घटनामा सदस्यले कोषबाट आर्थिक सहयोग पाउने कार्यविधि बनाइएको जानकारी उनले दिए ।

‘कार्यालयमा आएर कतिपयले सहयोग गरिरहनुभएको छ,’ वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरेले भने, ‘पाँच हजारभन्दा धेरै सदस्य हुनुहुन्छ । उहाँहरू यतिबेला कोष बन्ने कुराले उत्साही हुनुहुन्छ । सबैले अलिअलि सहयोग गर्नुभयो भने कोषमा रु एक करोड सहजै जुट्नेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.