चुमनुब्री गाउँपालिकाले मनास्लु संरक्षण क्षेत्र जाने पर्यटकसँग शुल्क उठाउने

  २०८१ भदौ २३ गते १२:१४     विकासन्युज

काठमाडौं । मनास्लु संरक्षण क्षेत्र (एमक्याप) भित्र आउने स्वदेशी तथा विदेशी पर्यटकसँग गोरखाको चुमनुब्री गाउँपालिकाले शुल्क उठाउने निर्णय गरेको छ ।

भदौ २० गते पालिकाका जनप्रतिनिधि, राजनीतिक दल, पर्यटन व्यवसायी तथा सरोकारवालासँग छलफल गरेर उक्त निर्णय गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिएका छन् ।

पालिकाले एक विज्ञप्ति जारी गर्दै पालिकाको आर्थिक ऐन ०८१ अनुसार प्रतिव्यक्ति विदेशीसँग १ हजार र नेपालीसँग २ सय रुपैयाँ उठाउने निर्णय भएको जानकारी दिएको छ ।
र्
ैएमक्याप क्षेत्रमा जाने पर्यटकसँग सम्बन्धिन संरक्षण तथा निकुञ्ज ऐनबमोजिम राष्ट्रिय प्रकृति संरक्षण कोष तथा अध्यागमन विभागले शुल्क उठाउँदै आएको छ । आफ्नो अधिकार क्षेत्रभित्र पनि शुल्क उठाउन नपाउँदा अपेक्षित कर संकलन गर्न नसकिएको र कोषले पनि उठेको शुल्क बाँडफाँट नगरेको पालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘पालिकाले उठाएको पदयात्रा शुल्कबाट समग्र चुमनुब्री तथा मनास्लु संरक्षण क्षेत्रको वातावरण संरक्षण एवं पर्यटन क्षेत्र प्रवर्द्धनमा लगानी गरिने व्यहोरासमेत निर्णयानुसार अनुरोध छ’, पालिकाको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.