आधिकारीक रूपमा नेपाल भित्रियो जर्मन वाच ‘नोमोस’

  २०८१ भदौ २३ गते १२:३७     विकासन्युज

काठमाडौं । जर्मन वाच ब्राण्ड नोमोस नेपाली बजारमा आधिकारीक रूपमा भित्रिएको छ ।

नाेमाेसलाई स्विस टाइम पिसेस् नेपाल प्रालिले नेपाल भित्र्याएकाे हाे । स्विस टाइम पिसेस् नेपाल प्रालिले विगत ५२ वर्षदेखि नेपालमा लक्जरी वाच आयात तथा बिक्री गर्दै आइरहेकाे छ ।

सन् १९९० मा जर्मनीको ग्लासहुटमा स्थापना भएकाे नोमोसले म्यानुअल वाइण्डिङ् र अटोमेटिक मेकानिकल वाच उत्पादनमा आफूलाई स्थापित गर्दै आइरहेकाे छ ।

नोमस वाच मिनिमालिस्ट वाच डिजाइनका रूपमा संसारभर ख्याति पाउन सफल छ । घडी पारखीहरूले नाेमसलाई आफ्नो कलेक्सनमा राख्न रुचाउँदै आएका छन् ।

स्विजरल्याण्डभन्दा बाहिर रहेर वाच मेकिङमा ठूलो सफलता हासिल गर्ने थोरै ब्राण्ड मध्येको नोमसलाई जर्मनी र विश्वभर नै सम्मानपूर्वक हेरिने स्विस टाइम पिसेस् नेपालले जनाएकाे छ ।

स्विस टाइम पिसेस् नेपालका अध्यक्ष शम्भु दयाल झुनझुनवालाले नाेमस नेपाली बजारमा भित्र्याउँदा निकै खुसी भएकाे बताए ।

तीन पुस्ताले सम्हालेको स्विस टाइम पिसेस् नेपालले दरबारमार्गमा रहेको मल्टीब्राण्ड सोरुमबाट ग्राण्ड सिको, ओरिस, टिटोनी, सिगा डिजाएनजस्ता प्रिमियम लक्जरी वाच ब्राण्डको बिक्रीवितरण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.