२०८१ भदौ २३ गते १२:५६ विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार एक खर्ब रुपैयाँ खिच्ने भएको छ । बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि केन्द्रीय बैंकले एक खर्ब रुपैयाँ खिच्न लागेको हो ।
निक्षेप संकलन उपकरण बोलकबोलमार्फत आज एक खर्ब तरलता खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।
बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् । उक्त रकमको सावा र व्याज एकमुष्ठ रूपमा राष्ट्र बैंकले असोज १३ गते फिर्ता दिनेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.