दराज नेपालले घोषणा गर्‍यो ९.९ वार्षिक अभियान, ६० प्रतिशतसम्म छुट

  २०८१ भदौ २३ गते १३:३४     विकासन्युज

काठमाडौं । अनलाइन शपिङ प्लेटफर्म दराज नेपालले आफ्नो बहुप्रतीक्षित ९.९ वार्षिक उत्सव अभियान सार्वजनिक गरेको छ । यस कार्यक्रममार्फत उपभोक्ताले ६०% सम्मको फ्ल्यास सेल छुट, निःशुल्क डेलिभरी र १ करोड बराबरको भाउचर सुविधा प्राप्त गर्नसक्ने दराजले जनाएकाे छ ।

अभियान सेप्टेम्बर ९ (भाद्र २४, २०८१) देखि सेप्टेम्बर ११ (भाद्र २६, २०८१) सम्म चल्ने छ ।

यस अभियानमा खरिदकर्ताहरूले न्यूनतम मूल्य ४ सय ९९ रुपैयाँ बराबरका उत्पादनको खरिद गर्दा निःशुल्क डेलिभरीको सुविधा प्राप्त गर्न सक्नेछन् । यसका लागि उपभोक्ताले दराज एपको होमपेजमा उपलब्ध ‘फ्री डेलिभरी’ ब्यानरमा क्लिक गरी ‘फ्री डेलिभरी’ भाउचर संकलन गर्नुपर्ने हुन्छ ।

खरिदकर्ताहरूले अभियान अवधिभर दैनिक रूपमा फ्ल्यास सेलबाट सबैभन्दा कम मूल्यमा विभिन्न क्याटेगरी तथा सेटाफिल, बोट, एक्स–एज र पिलग्रिमलगायत साझेदार ब्रान्डहरूमार्फत ६०% सम्म छुट पाउने दराजले जनाएकाे छ ।

दराज सन् सन् २०१५ मा स्थापित भएकाे थियाे । दराज नेपाललगायत पाकिस्तान, बंगलादेश, श्रीलंका र म्यानमारमा पनि सञ्चालनमा रहेको छ ।

५ सय मिलियन जनसंख्यालाई दराजले सेवा दिँदै आइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.