सानिमा बैंकका ग्राहकले श्री एयरलाइन्सको टिकटमा ५०० सम्म छुट पाउने

  २०८१ भदौ २३ गते १६:०८     विकासन्युज

काठमाडौं । सानिमा बैंक र श्री एयरलाइन्सबीच सम्झाैता भएकाे छ ।

सम्झाैताअनुसार सानिमा बैंकका ग्राहकहरूले श्री एयरलाइन्सको टिकटमा ५ सय रुपैयाँसम्मकाे छुट पाउनेछन् ।

ग्राहकहरूले बैंकको डेबिट/क्रेडिट कार्ड वा क्युआरमार्फत मोबाइल बैंकिङ सेवाबाट श्री एयरलाइन्सकाे टिकट काट्दा ५ सय रुपैयाँसम्म छुट हुने बैंकले जनाएकाे छ ।

डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्न बैंक र श्री एयरलाइन्सबीच यस्ताे सम्झाैता भएकाे हाे ।

त्यसैगरी, बैंकले ग्राहकहरूलाई प्रोत्साहन गर्न विभिन्न छुट तथा अफर प्रदान गर्दै आएको छ ।

बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offers। मा अफर विवरणबारे जानकारी राखिएकाे सानिमा बैंकले जनाएकाे छ ।

सानिमा बैंकले ७ वटै जिल्लाका १३३ कार्यालय र १२४ एटीएम नेटवर्कबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.