दशैंलाई लक्षित गरी ब्लाक एण्ड डेकरले सार्वजनिक गर्‍यो ‘बिगर सेलिब्रेसन्स्, बिगर जोयस्’ योजना

  २०८१ भदौ २३ गते १६:२५     विकासन्युज

काठमाडौं । ब्लाक एण्ड डेकरले दशैं-तिहार पर्वलाई लक्षित गरी ‘बिगर सेलिब्रेसन्स्, बिगर जोयस्’ योजना सार्वजनिक गरेको छ ।

उक्त योजनाअन्तर्गत ग्राहकहरुले ब्लाक एण्ड डेकरको साना घरेलु सामग्रीहरूको खरिद गर्दा स्योर सट उपहार प्राप्त गर्नेछन् ।

यस योजनामा स्योर सट उपहारस्वरूप ग्राहकले ब्लाक एण्ड डेकरको ओएफआर हीटरको खरिदमा केटल प्राप्त गर्न सक्नेछन् भने एयर फ्रायर, माइक्रोवेभ ओभन, ओटीजी ओभन, ई-प्रेसर कुकर र भ्याकुम क्लिनरलगायतका उपकरणहरूको खरिदमा कफी मग उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

साथै, एयर ह्युमिडिफायरको खरिदमा अरोमा किट उपहार प्राप्त गर्न सक्नेछन् । ब्लाक एण्ड डेकरको आकर्षक उपहार योजनाका साथै आफ्ना सामानमा आकर्षक छुट पनि रहेको छ ।

ग्राहकहरूले यस योजनाको लाभ भाद्र २३ गतेदेखि सीमित अवधिका लागि नेपालभर उठाउन सकिने कम्पनीले जनाएको छ ।

अन्तर्राष्ट्रिय ब्रान्ड ब्लाक एण्ड डेकरका उत्पादन टिकाउ र भरपर्दो रहेको चाैधरी ग्रुपले जनाएकाे छ । ब्लाक एण्ड डेकर ब्राण्डका आधिकारिक विक्रेता चौधरी ग्रुप हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.