समृद्धि फाइनान्सका ग्राहकलाई सुबिशुको नेटमा छुट

  २०८१ भदौ २३ गते १७:१९     विकासन्युज

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी र सुबिशु केबल नेटबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रअनुसार फाइनान्सका सम्पूर्ण ग्राहकले सुबिसुको नयाँ जडानमा विभिन्न आकर्षक छुट पाउनेछन् ।

ग्राहकले तीन सय एमबिपिएस ब्यान्डविथ इन्टरनेट जडानमा १५ प्रतिशत, दुई सय र ८० एमबिपिएस जडान गर्दा ५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बताइएको छ ।

यसबाट फाइनान्सका ग्राहक लाभान्वित हुनसक्ने विश्वास लिइएकाे छ ।

छुटसम्बन्धी विस्तृत विवरण फाइनान्सको वेबसाइटमा राखिएकाे छ ।

समृद्धि फाइनान्सले हाल तेह्रवटा शाखामार्फत नगद कारोबार, आरटीजीएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ‍लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

साथै फाइनान्सले मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधा नि:शुल्क प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.