ग्रीसले विदेशीलाई गोल्डेन भिसा दिने, ज्यालामा १४ प्रतिशत वृद्धि

  २०८१ भदौ २३ गते १९:००     विकासन्युज

काठमाडौं । ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले नागरिकको क्रयशक्ति बढाउन र देशको आवास सङ्कटसँग जुध्न नयाँ नीतिको घोषणा गरेका छन् । नयाँ योजनामा न्यूनतम ज्यालामा १४ प्रतिशत वृद्धि गर्ने, पेन्सनमा र पर्यटक करमा २.५ प्रतिशत वृद्धि गरेर आर्थिक सङ्कटको व्यवस्थापन गर्ने योजना उनले ल्याएका हुन् ।

युरोपेली सङ्घमा सन् २०२३ मा प्रतिव्यक्ति सबैभन्दा कम जिडिपी भएको देशमा ग्रीस दोस्रो स्थानमा पर्छ । सन् २०२७ सम्ममा समृद्धि ल्याउने मित्सोटाकिसले एक अन्तर्राष्ट्रिय मेला उद्घाटनमा घोषणा गरेका हुन् ।

ग्रीक प्रधानमन्त्रीले सार्वजनिक र निजी क्षेत्रको ज्यालामा एकरूपता, सस्तो ऊर्जाको प्रयोग गरी हरित सङ्क्रमण र पर्यटनमा बढ्दो वृद्धिको प्रभाव न्यूनीकरणमा सरकारले सामना गर्नुपरेका चुनौतीको सामना गर्न नयाँ योजना सार्वजनिक गरेका हुन् ।

साथै देशको घट्दो र वृद्ध जनसङ्ख्याको असरलाई कम गर्न प्रभावकारी काम गर्ने उनले प्रतिबद्धता पनि व्यक्त गरे । एक करोड जनसङ्ख्या भएको रहेको ग्रीक पर्यटनमा अत्यधिक निर्भर रहेको छ । ग्रीकले महामारीमा झण्डै एक दशक लामो आर्थिक सङ्कटको सामना गर्नुपर्ने जानकार बताउँछन् ।

उच्च मुद्रास्फीतिको कारण आकाशिएको आवास र खाद्यान्नको मूल्य पनि घट्न थालेको छ । सन् २०२३ मा ग्रीसको औसत वार्षिक आय युरोपेलीको औसतभन्दा आधा थियो भने न्यूनतम ज्याला फ्रान्सको भन्दा आधाभन्दा कम अर्थात् मासिक ८३० युरो (९२० अमेरिकी डलर) रहेको छ ।

मित्सोटाकिसले सन् २०२५ मा पेन्सनमा २.५ प्रतिशतसम्म वृद्धि गर्ने र सन् २०२७ सम्ममा न्यूनतम ज्याला क्रमशः ९५० युरो पुर्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले जन्मदर बढाउन र बजारलाई गति दिन करमा प्रोत्साहन गर्ने उनको भनाइ छ ।

स्वरोजगारलाई विशेष छुट दिने कार्यक्रमलाई क्रमशः समाप्त गरिने र ऊर्जा कम्पनीमा लगाइएको अप्रत्याशित करबाट संकलन भएको २४ करोड ३० लाख यूरोलाई कमजोर नागरिकहरूलाई वितरण गर्ने योजना सरकारले अघि सारेको छ ।

मित्सोटाकिसले ग्रीक बन्दरगाहमा क्रुज जहाजबाट ओर्लिने र २ लाख ५० हजार यूरोसम्म लगानी गर्ने विदेशीहरूका लागि गोल्डेन भिसा योजनाको पनि घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.