२०८१ भदौ २४ गते १३:२८ विकासन्युज
काठमाडौं । वर्ल्ड नम्बरवान मेजर अप्लाइन्स प्रोड्युसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले विशेष अफर ल्याएकाे छ । सीजीले दशैं-तिहार र छठलाई लक्षित गर्दै ‘किन, जित अनि उड’ को अफर ल्याएकाे हाे ।
बम्पर उपहारमा दुई जनालाई थाइल्यान्ड टुर गराइने सीजीले जनाएकाे छ ।
हरेक हप्ता मिक्स्चर, ४६,५०० रुपैयाँसम्म क्यासब्याक र माइडिया ब्रान्डको विभिन्न घरायसी सामान किन्दा उपहार पर्ने बताइएकाे छ ।
हरेक ग्राहकले माइडियाका विभिन्न उत्पादन जस्तै- रेफ्रिजरेटर, वाशिङ मेसिन, डिशवाशर, एसी, राइस कुकर, र अन्य घरेलु उपकरणहरू खरिद गर्दा ठूलो छुट पाउनेछन् । उपभोक्ताहरूले ४६,५०० रुपैयाँसम्मको ठूलो बचत गर्न सक्ने सीजीले जनाएकाे छ ।
हरेक हप्ता भाग्यशाली ग्राहकले मिक्सर ग्राइन्डर जित्न सक्नेछन्। फ्रन्ट लोड वाशिङ मेसिन (२०० सिरिज) खरिद गर्ने ग्राहकले माइडिया राइस कुकर पाउनेछन् ।
फ्रन्ट लोड वाशिङ मेसिन (१०० सिरिज) खरिद गर्दा २ केजी एरियल डिटरजेन्ट प्राप्त हुनेछ ।
रेफ्रिजरेटर खरिद गर्ने ग्राहकलाई नि:शुल्क टोस्टर प्राप्त हुनेछ ।
डिशवाशर खरीद गर्ने ग्राहकलाई निशुल्क दुइ वटा डिशवाशर किट प्राप्त हुनेछ। यो योजनाअन्तर्गत भाग लिन, ग्राहकले माइडिया उत्पादनहरू खरीद गरेर ‘थाइल्यान्ड टूर फर कपल’ जित्न सक्नेछन् । विजेता जोडीलाई रोमाञ्चक थाइल्यान्ड भ्रमणको अवसर प्रदान गरिनेछ ।
यो अफर नेपालभरका मिडियाका डिलरहरू र शो-रूमहरूमा लागू हुनेछ। थप जानकारीको लागि ग्राहकहरूले माइडियाको आधिकारिक वेबसाइट वा नजिकको शोरूममा सम्पर्क गर्न सकिने कम्पनीले जनाएकाे छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.