४ जलविद्युत कम्पनीले गरे लाभांश घोषणा

  २०८१ भदौ २५ गते ८:०४     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ९१ वटा जलविद्यतु कम्पनी सूचीकृत भएर कारोबार भइरहेका छन् । नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये विभिन्न ४ वटा जलविद्युत कम्पनीले लाभांश घोषणा गरेका छन् ।

भगवती हाइड्रोपावर, माण्डु हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर अपी पावर कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई प्रतिफल वितरण गर्ने भएका हुन् ।

भगवती हाइड्रोपावरले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ५७ करोड २० लाख ६४ हजार रुपैयाँको ४ प्रतिशत अर्थात् २ करोड २८ लाख ८२ हजार रुपैयाँ बोनस सेयर र १०.७३ प्रतिशत अर्थात् ६ करोड १४ लाख २१ हजार रुपैयाँ नगद गरी कुल १०.७३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी २४औँ वार्षिक साधारण सभाबाट पारित भएपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ । कम्पनीको साधारण सभा असोज १६ गते बिहान ११ बजे नयाँ बानेश्वर काठमाण्डौंमा बस्नेछ ।

लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज २ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबार भइ कायम सेयरधनीहरूले मात्रै कम्पनीको साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।

यस्तै माण्डु हाइड्रोपावर कम्पनीले चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख २७ हजार रुपैयाँको १२ प्रतिशत अर्थात् १६ करोड ३६ लाख ३६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश १३औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ । कम्पनीले उक्त लाभांश पारित गर्न असोज १४ गते साधारण सभा आह्वा गरेको छ । कम्पनीको सभा नयाँबजार काठमाडौंमा बिहान १० बजे बस्नेछ ।

साधारण सभा तथा लभांश वितरण प्रयोजनार्थ कम्पनीले भदौ ३१ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले भदौ ३० गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।

सुपरमाई हाइड्रोपावरले चुक्ता पुँजी ५० करोड रुपैयाँको ७ प्रतिशत अर्थात् ३ करोड ५० लाख रुपैयाँ बोनस सेयर र ५.६३ प्रतिशत अर्थात् २ करोड ८१ लाख ५० हजार रुपैयाँ नगद लाभांश (कर सहित) गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

अपी पावर कम्पनीले गत आर्थिक वर्ष २०८०÷८१ को खुद नाफाबाट सेयरधनीहरूलाई ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद गरी कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

One comment on "४ जलविद्युत कम्पनीले गरे लाभांश घोषणा"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.