रोयल इन्फिल्ड हिमालयन ४५० को टेस्ट राइड, यस्ता छन् विशेषता

  २०८१ भदौ २५ गते १०:५१     विकासन्युज

काठमाडौं । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले नयाँ हिमालयन ४५० टेस्ट राइड ट्र्याक टेकुमा सफलतापूर्वक सम्पन्न गरेको छ ।

रोयल इन्फिल्डले टेस्ट राइड ट्र्याक अनुभव भाद्र २१ देखि २३ सम्म सञ्चालन गरेको हो । हिमालयन बाइकका लागि बनाइएको विशेष प्रकारको ट्र्याकले राइडरहरुलाई अफरोडिङ अनुभव प्रदान गर्न सफल भएको कम्पनीको दाबी छ ।

राइडरलाई अफ–रोड ट्र्याकमा हुने अनुभवले हिमालयन ४५० बाइकको उत्कृष्ट पर्फमेन्स सहित रोमाञ्चकता र साहसिक क्षमताको प्रत्यक्ष अनुभव प्रदान गरेको उनीहरूको अनुभव छ ।

अल्फा अटोमोटिभले नाडा अटो सो २०२४ मा रोयल इन्फिल्डको नयाँ मोडल हिमालयन ४५० सिसी शेर्पा इन्जिन लन्च गरेको थियो । हिमालयन ४५० को प्रारम्भिक मूल्य ९ लाख ८९ हजार पाँच सय रुपैयाँ रहेको छ ।

टप भेरियन्टको मूल्य दश लाख ३९ हजार पाँच सय रुपैयाँ तोकिएको छ । हिमालयन ४५० मा ४ भेरियन्टमा बजारमा उपलब्ध छन् । जसमा काजा ब्राउनको मूल्य नौ लाख ८९ हजार पाँच सय तथा स्लेट पपी ब्लूस्लेट हिमालयन साल्टको मूल्य नौ लाख ९९ हजार पाँच सय रुपैयाँ रहेको छ । त्यस्तै क्यामेट व्हाइटको मूल्य दश लाख अठार हजार पाँच सय रुपैयाँ रहेको तथा हान्ले ब्लाकको मूल्य दश लाख ३९ हजार पाँच सय रुपैयाँ रहेको छ ।

४५२ सिसी इन्जिन र आधुनिक एबीएस प्रणाली रहेको यस मोटरसाइकलले आधुनिक प्राविधिक सुधारसहित रहेको छ । यो बाइक सहरका सडकहरू र नेपालको प्राकृतिक सुन्दरताले भरिएको पहाडी एवं हिमाली सडकहरूमा एडभेन्चर यात्राहरूको लागि सर्वोत्कृष्ट रहँदै आएको छ ।

रोयल इन्फिल्ड सिरिजमा हिमालयन ४५० ले इन्डियन मोटरसाइकल अफ द इयर २०२४ अवार्ड विजेता प्राप्त गरेको छ । यस बाइकमा डिजिटल–एनालग इन्स्ट्रयुमेन्ट क्लस्टर, एलईडी लाइटिङ, र सवारीको आरामको लागि उन्नत एर्गोनोमिक्स समावेश गरिएको कम्पनीले जनाएको छ ।

रोयल एन्फिल्ड हिमालयनको अधिकतम पावर २९/४४ किलोवाट रहेको छ भने अधिकतम टर्क ४० एनएम २५५०० आरपिएम रहेको छ । हिमालयन ४५० सिसी मा १७ लिटरको फ्युल ट्याङ्की रहेको छ । सामुन्ने पाङ्ग्राको साइज ९०/९०–२१ छ भने पछाडि पाङ्ग्राको साइज १४०/८० आर १७ र बाइकमा २३० मिमि को उच्च ग्राउन्ड क्लियरेन्स छ ।

डुअल च्यानल एबिएस र स्विचेबल एबिएसका साथै, यसमा ४ इन्चको गोलो टिएफटि डिस्प्ले छ, जसमा फोन कनेक्टिभिटीको सुविधा, गुगल म्याप्सद्वारा सञ्चालित फुल मेप नेभिगेसन, र मिडिया कन्ट्रोल पनि उपलब्ध छन् । मोटरसाइकलमा युएसबी चार्जिङ पोर्ट र एर्गोनोमिक ह्यान्डलबार कन्ट्रोल जस्ता आधुनिक सुविधाहरू समावेश छन् ।

हिमालयन ४५० अल्फा अटोमोटिभका नेपालभर रहेका २४ ओटै शोरुममा उपलब्ध रहेको कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.