कृषि विकास बैंक र केयूको सहकार्यमा भेण्डिङ मेशिनलगायतका सामग्री वितरण

  २०८१ भदौ २५ गते १६:२५     विकासन्युज

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले तनहुँको भानु नगरपालिका-८ देउरालीटारस्थित निर्जला आधारभूत विद्यालयमा भेण्डिङ मेशिनलगायत विविध शैक्षिक सामग्री वितरण गरेकाे छ ।

काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीहरूको सोसल एक्सपेरियन्स प्रोजेक्टले कृषि विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको सहयोगबाट सामग्रीहरू वितरण गरिएको हो ।

विद्यालयका छात्राहरूका निम्ति स्यानिटरी प्याडकाे भेण्डिङ मेशिन राखिएकाे हाे ।अब पठनपाठनमा सहजता हुने विद्यालयका छात्राहरू बताउँछन् ।

नेपाल सरकारले सामुदायिक विद्यालयका छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड दिने घोषणा गरेपनि अझैसम्म कैयौं विद्यालयमा प्याड पुगेको छैन ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भानु- ८ का वडाअध्यक्ष ईश्वरबहादुर घिमिरे, निमित्त प्रधानाध्यापक आसबहादुर घिमिरे, कृषि विकास बैंक लिमिटेड, डुम्रे शाखाका प्रबन्धक अरुण पौड्याल, सहायक रामचन्द्र बास्तोला, विद्यालयका शिक्षक, अभिभावकलगायतकाे सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.