२०८१ भदौ २६ गते ७:४५ विकासन्युज
काठमाडौं । हिमालय उर्जा विकास कम्पनीको हकप्रद सेयर बाँडफाँड गरिएको छ । कम्पनीको हकप्रद सेयर भदौ २५ गते बाँडफाँड गरिएको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जनाएको छ ।
कम्पनीले गत साउन २४ गतेदेखि भदौ १२ गतेसम्म चुक्ता पूँजी ९९ करोड रुपैयाँको १ सय प्रतिशत अर्थात् १ सेयर बराबर नयाँ १ सेयर (१ः१) को अनुपातमा अंकित मूल्य १ सय रुपैयाँका दरले ९९ लाख कित्ता सेयर बिक्री गरेको थियो ।
कम्पनीको हकप्रद सेयरमा ३१ हजार ५३८ जना सेयरधनीले ८४ लाख ५३ हजार ६४१ कित्ता सेयरका लागि आवेदन दिएको बिक्री प्रबन्धकले जनाएको छ । सोही सेयर बाँडफाँट गरिएको हो । साथै आफ्नो कायम हकभन्दा बढी सेयर माग गरि आवेदन दिने आवेदकहरूको बाँडफाँडमा नपरेकाले भदौ २८ गतेदेखि आइपीएस मार्फत् सम्बन्धित आवेदकको बैंक खातामा फिर्ता गर्ने कम्पनीले जनाएको छ ।
हकप्रद सेयर बिक्रीपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । हकप्रद सेयरबाट संकलन भएको रकम बैंकहरूको ऋणको भुक्तानी गर्ने कम्पनीले बताएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.