चन्दा खर्च पारित गर्न अप्पर स्याङ्गेले डाक्यो साधारण सभा

  २०८१ भदौ २६ गते ८:०४     विकासन्युज

काठमाडौं । चन्दा बाँडेको रकम पारित गर्न अप्पर स्याङ्गे हाईड्रोपावर कम्पनीले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २५ गते बसेको बैठकले आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको साधारण सभा असोज २८ गते काठमाडौंमा बस्नेछ । कम्पनीको सभाले विशेष प्रस्तावका रूपमा आर्थिक वर्ष २०८०/८१ मा विभिन्न संस्था तथा व्यक्तिहरूलाई दिइएको आर्थिक सहयोग रकम अनुमोदन गर्नेछ ।

सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असारसम्मको वासलात र आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.