मितेरी डेभलपमेन्ट बैंकको सेयर बेचेर बाहिरिँदै संस्थापक नरेन्द्र सोनी

  २०८१ भदौ २६ गते ८:५१     विकासन्युज

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखिएको हो ।

बैंकका संस्थापक सेयरधनी नरेन्द्र कुमार सोनीको स्वामित्वमा रहेको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । बैंकको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

यदि ३५ दिनभित्र उक्त सेयर बिक्र नभएमा सर्वसाधारणक लागि बिक्री खुला हुने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.