बिलबिजक नभएका १३ करोड बढीका सामान बरामद

  २०८१ भदौ २६ गते ९:१३     विकासन्युज

भद्रपुर । स्थानीय प्रशासनले भन्सार छली भारतबाट भित्र्याइएका १३ करोड ७३ लाख ८९ हजार ३३ रुपैयाँ बराबरका बिलबिजक नभएका सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी प्रवक्ता कृष्णकुमार चन्दका अनुसार पछिल्लो तीन वर्षमा जिल्ला प्रहरी कार्यालय र मातहतका निकायबाट खटेको गस्ती टोलीले उक्त मूल्य बराबरको सामान बरामद गरेको हो । गैरकानुनी ढङ्गले पैठारी गरिएका सामानका साथमा ३६ जनालाई पक्राउ गर्नुका साथै ६४ वटा विभिन्न सवारीसाधन नियन्त्रणमा लिइएको छ ।

प्रहरीले आव २०७/र७९ मा चार करोड पाँच लाख छ हजार एक सय ८१ रुपैयाँ, आव २०७९/८० मा तीन करोड ९८ लाख ३६ हजार तीन सय ६४ रुपैयाँ र आव २०८०/८१ मा पाँच करोड ७० लाख ४६ हजार चार सय ८८ रुपैयाँको भन्सार छलीका सामान बरामद गरेको हो ।

प्रवक्ता चन्दका अनुसार प्रहरीले तीन वर्षमा एक करोड ७८ लाख ९७ हजार आठ सय ४६ रुपैयाँ मूल्यका चार हजार दुई सय ८९ दशमलव ४१ क्यूबिक फिट अवैध काठ नियन्त्रणमा लिएको छ । प्रहरीले अवैध काठका साथमा ३८ जना मानिस पक्राउ गर्नुका साथै ४९ वटा सवारीसाधनसमेत नियन्त्रणमा लिएको थियो ।

प्रहरीले आव २०७८/७९ मा एक हजार दुई सय ६८ क्यूबिक फिट, आव २०७९/८० मा दुई हजार चार सय ७२ क्यूबिक फिट र आव २०८०/८१ मा पाँच सय ४९ दशमलव ४१ क्यूबिक फिट काठ नियन्त्रणमा लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.