खाद्यले दशैंलक्षित सुपथ मूल्य पसल असोजको पहिलो सातादेखि सञ्चालन गर्ने

  २०८१ भदौ २६ गते १०:४५     विकासन्युज

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोजको पहिलो सातादेखि दशैंलक्षित सहुलियत पसल सञ्चालन गर्ने भएको छ । कम्पनीले देशभर ४२ जिल्लाका ६० स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको जनाएको छ ।

काठमाडौं उपत्यकामा भने ४ स्थानमा यस प्रकारको पसल सञ्चालन हुने कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदिले बताइन् । उनका अनुसार काठमाडौंको थापाथली र रामशाह पथ, ललितपुरको नख्खु र भक्तपुरमा यस पसल सञ्चालन हुनेछ ।

पसलमा सामान्य मूल्यभन्दा ५ देखि १० रुपैयाँसम्म सस्तो सूचना अधिकारी सुवेदीले बताइन् ।

खाद्यले हरेक वर्ष चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । गत वर्ष पनि ४९ स्थानमा पसल सञ्चालन गरेको थियो ।

उपभोक्ताको हितलाई मध्यनजर गरेर यसवर्ष गतवर्षभन्दा ११ वटा स्थानमा पसल थप गरिएको उनले बताइन् । यसवर्ष स्थानीय तहसँग पनि समन्वयन गर्ने सम्भावना रहेको भएकाले ६० भन्दा धेरै स्थानमा पसल सञ्चालन हुनसक्ने उनले उल्लेख गरिन् ।

स्थानीय सरकारले इच्छा देखाएर खाद्यको सामग्री बिक्री गर्न चाहेमा खाद्यले समन्वयन गर्ने सूचना अधिकारी सुवेदीले स्पष्ट पारिन् ।

सामग्रीहरूको मूल्य मन्त्रालयले तय गर्ने भएकाले कुन सामग्रीको मूल्य कति पर्छ भनेर अहिले नै भन्न नसकिने उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.