बीमा बोर्डले भन्यो- ५ लाखको स्वास्थ्य बीमाका लागि २० हजार बीमाशुल्क लाग्छ

  २०८१ भदौ २६ गते १२:०४     विकासन्युज

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले ५ लाख रुपैयाँ बीमांक पुर्‍याउन के गर्नुपर्छ भन्नेबारे राय पेश गरेको छ । बोर्डले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई राय पेश गरेको हाे ।

बाेडले पेश गरेको रायमा ५ लाख बीमांक रकम कायम गर्दा बीमितबाट २० हजार रुपैयाँ बीमाशुल्क संकलन गर्नुपर्ने राय दिएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले केही साताअघि स्वास्थ्य बीमाको बीमांक रकम एक लाख रुपैयाँबाट ५ लाख रुपैयाँ पुर्‍याउने घोषणा गरेका थिए ।

मन्त्रीको सो घोषणासँगै ५ लाख पुर्‍याउन के गर्नुपर्छ भनेर मन्त्रालयले बोर्डसँग योजना माग गरेको थियो । मन्त्रालयले यस्तो योजना तथा राय माग गरेपछि बोर्डले एक्चुरियल भ्यालुएसन गराएको बोर्डका कार्यकारी निर्देशन डा. दामोदर बसौलाले बताए ।

एक्चुरियल भ्यालुएसन अनुसार ५ लाख बीमांक पुर्‍याउन २० हजार बीमाशुल्क संकलन गर्नुपर्ने उल्लेख भएको र सोहीअनुसार राय पेश गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.