आईटी कम्पनी इन्फोसिसका संस्थापकभन्दा सह-संस्थापक धनी, कति छ सम्पत्ति ?

  २०८१ भदौ २६ गते १४:१२     विकासन्युज

नारायण मूर्ति र गोपालकृष्णन

काठमाडौं । ‘हुरुन रिच लिस्ट २०२४’ ले सन् २०२४ का लागि भारतका धनी व्यक्तिको सूची सार्वजनिक गरेको छ । सूचीअनुसार दिग्गज आईटी कम्पनी इन्फोसिसका संस्थापक नारायण मूर्ति बेंगलुरुका पाँचौं धनी व्यक्ति हुन् जसको कुल सम्पत्ति ३ खर्ब ६६ अर्ब रुपैयाँ छ ।

तर, इन्फोसिसका अर्का सह-संस्थापक सेनापति गोपालकृष्णन उनीभन्दा पनि धनी बनेका छन् । गोपालकृष्णनको कुल सम्पत्ति ३ खर्ब ८५ अर्ब  रुपैयाँ अनुमान गरिएको छ ।

सेनापति ‘क्रिस’ गोपालकृष्णन इन्फोसिसका सह-संस्थापकहरूमध्ये एक हुन् । सन् २००७ देखि २०११ सम्म उनी इन्फोसिसका सीईओ र प्रबन्ध निर्देशक थिए । २०११ देखि २०१४ सम्म उनले इन्फोसिसको उपाध्यक्षको भूमिका निर्वाह गरे ।

६९ वर्षीय गोपालकृष्णन हाल एक्सिलोर भेन्चर्सका अध्यक्ष छन् । एक्सिलोर भेन्चर्स एउटा स्टार्टअप एक्सेलेटर हो जसले गुडहोम, कागज र एनकाश जस्ता कम्पनीहरूमा लगानी गरेको छ । एस गोपालकृष्णनले आईआईटी मद्रासबाट भौतिक विज्ञान र कम्प्युटर विज्ञानमा स्नातकोत्तर गरेका छन् । २०११ मा उनलाई देशको तेस्रो सर्वोच्च नागरिक सम्मान, पद्म भूषण प्रदान गरिएको थियो ।

उनको परोपकारी संस्था ‘प्रतीक्षा ट्रस्ट’ मस्तिष्क अनुसन्धानमा केन्द्रित छ । इन्फोसिस वेबसाइटका अनुसार गोपालकृष्णन आईआईटी मद्रास र आईआईएम बैंगलोरको बोर्ड अफ गभर्नरमा छन् ।

७ जना इन्जिनियरले एउटा कोठाबाट सुरु गरेका थिए इन्फोसिस

इन्फोसिस ७ जना इन्जिनियरहरूले एक कोठाबाट  सन् १९८१ मा सुरु गरेका थिए । कम्पनी पछि पुणेबाट बैंगलोरमा सारियो । इन्फोसिसका यी ७  सह-संस्थापकहरूमा नारायण मूर्ति, नन्दन नीलेकणी, क्रिस गोपालकृष्णन, एसडी शिबुलाल, के दिनेश र एनएस राघवन समावेश छन् ।

लगभग २५० डलरको बीज पुँजीको साथ सुरु भएको यो आईटी कम्पनी आज लगभग ८० अर्ब डलरको बजार पुँजीकरणका साथ विश्वको सबैभन्दा ठूलो आईटी सेवा कम्पनीहरूमध्ये एकमा पर्छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.