निरन्तर ओरालो लाग्दै नेप्से, कारोबार रकम पनि घट्यो

  २०८१ भदौ २६ गते १६:०२     विकासन्युज

काठमाडौं । निरन्तर ओरालो लागिरहेको सेयर बजारले बुधबार पनि निरन्तरता पाएको छ । दिनभरि उतारचढाव हुँदै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.७३ अंक घटेर २ हजार ६१०.२१ अंकमा बन्द भएको छ । हिजो मंगलबार नेप्से परिसूचक १३.०९ अंक घटेर २ हजार ६३२.९४ अंकमा बन्द भएको थियो ।

आज दिनभरिमा ३१७ कम्पनीको १ करोड ५४ लाख २८ हजार ७२४ कित्ता सेयर ८७ हजार ३६ पटक खरिद-बिक्री हुँदा ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो मंगलबार ३२७ कम्पनीको २ करोड १० लाख ४८ हजार कित्ता सेयर १ लाख ११ हजार पटक खरिद-बिक्री हुँदा ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

फाइनान्स समूहको ०.४३ प्रतिशत, निर्जीवन बीमा समूहको ०.०२ प्रतिशत र व्यापार समूहको ०.१६ प्रतिशत बढेको छ । बैंकिङ समूहको ०.९४ प्रतिशत, विकास बैंक समूहको १.०.२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६२ प्रतिशत, जलविद्युत समूहको ०.९२ प्रतिशत, लगानी समूहको १.१९ प्रतिशत, जीवन बीमा समूहको १.८५ प्रतिशत, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूहको १.०१ प्रतिशत, लघुवित्त समूहको ०.५४ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.४३ प्रतिशत, अन्य समूहको ०.४७ प्रतिशत घटेको छ ।

आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । लघुवित्तको सेयर १० प्रतिशत अर्थात् २१८ रुपैयाँ बढेर २ हजार ४०३.५० रुपैयाँ पुगेको छ । यस्तै थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य ९.४८ प्रतिशत, समाज लघुवित्तको ६.८१ प्रतिशत, कालिका लघुवित्तको ६.६६ प्रतिशत र सीईडीबी हाइड्रोपावरको ५.८२ प्रतिशत सेयर मूल्य बढेको छ ।

नेप्सेका अनुसार आज सीईडीबी हाइड्रो सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता २ हजार २५४ रुपैयाँका दरले ३४ करोड ७३ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै एनएलजी इन्स्योरेन्सको २१ करोड १० लाख रुपैयाँ, ग्रीन लाइफ हाइड्रोको १९ करोड २७ लाख रुपैयाँ, समृद्धि फाइनान्सको १८ करोड १६ लाख रुपैयाँ र हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमनेन्ट कम्पनी (एचआईडीसीएल) को संस्थापक सेयर १५ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.