निरन्तर ओरालो लागेको बजार ६ दिनपछि बढ्यो, ५ कम्पनीको सेयरमा सर्किट

  २०८१ भदौ २७ गते १५:१९     विकासन्युज

काठमाडौं । निरन्तर ओरालो लागिरहेको सेयर बजार साताको अन्तिम दिन भने उच्च अंकले बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.९९ प्रतिशत अर्थात् ७८.१७ अंक बढेर २ हजार ६८८.३८ अंकमा बन्द भएको छ । यसअघि हिजो नेप्से परिसूचक २७.७३ अंक घटेर २ हजार ६१०.२१ अंकमा बन्द भएको थियो ।

निरन्तर ६ दिन ओरालो लागेको नेप्से सातौं दिनमा भने भारि अंकले बढेको हो । आज दिनभरिमा ३१८ कम्पनीको १ लाख ९४ हजार ३३ लाख १५४ कित्ता सेयर १० लाख ३ हजार ४६३ पटक खरिद–बिक्री हुँदा ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो ३१७ कम्पनीको १ करोड ५४ लाख २८ हजार ७२४ कित्ता सेयर ८७ हजार ३६ पटक खरिद–बिक्री हुँदा ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बिहीबार अधिकांश कम्पनीको सेयर मूल्य बढेको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार आज २२९ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

बैंकिङ समूह २.६६ प्रतिशत, विकास बैंक समूह २.७० प्रतिशत, फाइनान्स समूह ३.४० प्रतिशत, होटल तथा पर्यटन समूह २.५० प्रतिशत, जलविद्युत समूह ४.२४ प्रतिशत, लगानी समूह ३.७२ प्रतिशत, जीवन बीमा समूह ३.४६ प्रतिशत, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूह २.१४ प्रतिशत, लघुवित्त समूह १.५८ प्रतिशत, निर्जीवन बीमा समूह २.०१ प्रतिशत, अन्य समूह ३.८२ प्रतिशत र व्यापार समूहको ०.६३ प्रतिशत बढेको छ । तर, म्युचुअल फण्ड समूह ०.०९ प्रतिशत घटेको छ ।

आज विभिन्न पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था, ग्रनी भेन्चर्स, इस्टर्न हाइड्रोपावर, रावा इनर्जी डेभलपमेन्ट र एशियन हाइड्रोको सेयर मूल्य १० प्रतिशत बढेको हो । तर, थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशत नकारात्म सर्किट लागेको छ ।

नेप्सेका अनुसार आज सीईडीबी हाइड्रो सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ४७ करोड ६५ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै हिमालयन रिइन्स्योरेन्सको २४ करोड ४८ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको २४ करोड १२ लाख रुपैयाँ, अपि पावरको १८ करोड ८२ लाख रुपैयाँ र हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमनेन्ट कम्पनी (एचआईडीसीएलपी) को संस्थापक सेयर १७ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.