मुक्तिनाथ विकास बैंकका ग्राहकले बुद्ध एयरको टिकट किन्दा छुट पाउने

  २०८१ भदौ २७ गते १५:५६     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले बुद्ध एयरको टिकट किन्दा छुट पाउने भएका छन् । बैंक र बुद्ध एयरबीच बैंकका कर्मचारी र ग्राहकहरूलाई हवाई टिकट खरिद गर्दा विशेष छुट प्रदान गर्न व्यवसायिक सम्झौता भएको छ ।

एक कार्यक्रमबीच उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका मार्केटिङ विभाग प्रमुख विनय रत्न शाक्य र बुद्ध एयरको तर्फबाट मार्केटिङ सेल्स्का निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौता बमोजिम अगामी दिनमा मुक्तिनाथ विकास र्बैकको मोबाईल बैंकिङ तथा भिजा कार्ड प्रयोग गर्ने सबै ग्राहकहरुले बुद्ध एयरको टिकट काउन्टरबाट हवाई टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट पाउने छन् ।

बुद्ध एयरका मार्केटिङ सेल्स्का निर्देशक रुपेश जोशीले अब केहि दिन भित्रमा बुद्ध एयरको मोबाइल एपबाट समेत सो सुविधा लिन सक्ने व्यवस्था मिलाउने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.