भेनस अस्पताल र प्रभु बैंकबीच सम्झौता

  २०८१ भदौ २७ गते १६:१२     विकासन्युज

काठमाडौं । प्रभु बैंक र मध्यबानेश्वरस्थित भेनस अस्पतालबीच सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरूलाई भेनस अस्पतालका सेवामा छुट दिनेगरी उक्त सम्झौता भएको हो ।

एक समारोहकाबीच भेनस हस्पिटलका तर्फबाट जनरल म्यानेजर मनिषा ढकाल र प्रभु बैंकका तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्र बाबु बिष्टले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

सो समारोहमा प्रभु बैंक, बानेश्वर शाखा प्रमुख रचिता विष्ट र भेनस हस्पिटलकी प्रशासन प्रमुख मनिषा न्यौपाने समेतको उपस्थित रहेको थियो ।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले भेनस अस्पतालमा उपचार सेवा लिँदा फार्मेसी, हेल्थ प्याकेज, डाईग्नोष्टिक, अन्तर्गतका सेवाहरुमा ७ प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिभलेज कार्ड तथा क्यूआरबाट समेत भुक्तानी गर्न सक्नेछन् । साथै भेनस हस्पिटलले अन्तरङ तथा बहिरङ, रेडियोलोजी, प्याथोलोजी लगायत का सेवा समेत प्रदान गर्दे आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.