सरकारले एकैपटक खटायो १०० गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत (सूचीसहित)

  २०८१ भदौ २७ गते १७:५४     विकासन्युज

काठमाडौं । सरकारले एकैपटक १ सय वटा गाउँपालिकाहरूमा रिक्त प्रमुख प्रशासकीय अधिकृत पदमा कर्मचारी खटाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार एकैपटक १ सय जना शाखा अधिकृतहरूको पदस्थापन गर्दै जिम्मेवारी तोकेको हो ।

१२३ गाउँपालिकाहरू निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेको थिए । अब भने २३ वटा गाउँपालिकामा मात्रै पदपूर्ति हुन बाँकी छ ।

मन्त्रालयका अनुसार पदस्थापन भएकाहरू सबै लोकसेवा आयोगबाट अधिकृतको परीक्षा पास गरेर हालै प्रशासनिक प्रशिक्षण पूरा गरेकाहरू रहेका छन् ।

भदौ १३ गते एकैदिन १०६ जना शाखा अधिकृतहरू स्टाफ कलेजबाट दीक्षित भएका थिए । त्यसमध्ये ३ जनाको अख्तियार दुरुपयोग अनुसन्धान आयोपमा पदस्थापन भएको छ भने ३ जना महिला कर्मचारीहरूको स्वास्थ्य समस्याका कारण पदस्थापनको निर्णय भएको छैन ।

दीक्षित भएकामध्येबाट प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका स्थानहरूमा आफूलाई पायक पर्ने र इच्छा भएको गाउँपालिका रोज्न दिइएको थियो । त्यसकै आधारमा सरुवाको निर्णय भएको मन्त्रालयले जनाएको छ ।

रिक्त स्थानमा प्रमुख प्रशासकीय अधिकृत खटाउँदा गाउँपालिकाहरूमा सेवा प्रवाह र सुशासनको अवस्था सुध्रने मन्त्रालयको अपेक्षा छ ।

सूची:

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.