साउनमा लघुबीमा कम्पनीको व्यापार पौने ९ करोड, जीवनतर्फ गार्डीय र निर्जीवनतर्फ नेपाल माइक्रो अगाडि

  २०८१ भदौ २७ गते १८:३५     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिना (साउन) मा लघुबीमा कम्पनीहरूले करिब ९ करोड रुपैयाँको व्यापार गरेका छन् ।

चालु आवको साउन महिनामा ७ लघु बीमकले ८ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

जसमध्ये लघु निर्जीवन बीमकले ३ करोड ७० लाख र लघु जीवन बीमकले ५ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार निर्जीवनतर्फ नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा धेरै बीमाशुल्क संकलन गरेको छ । नेपाल माइक्रोले १ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा प्रोटेक्टिभ माइक्रोले १ करोड ३६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

यस्तै, ट्रस्ट माइक्रो इन्स्योरेन्सले १ करोड २२ लाख र स्टार माइक्रो इन्स्योरेन्सले १ करोड १८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

यसैगरी, जीवनतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै बीमाशुल्क संकलन गरेको छ । गार्डियनलले १ करोड ८८ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा क्रेष्ट माइक्रो लाइफ र निबर्टी माइक्रो लाइफले क्रमशः १ करोड २९ लाख र ५१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.