टीभीएसले सार्वजनिक गर्‍याे तीन नयाँ भेरिएन्ट

  २०८१ भदौ २७ गते १९:०२     विकासन्युज

काठमाडौं । टीभीएस मोटर कम्पनीले नेपालमा आफ्नो २०२४ टीभीएस रेडर (एफआइ), टिभिएस एनटर्क डिस्क फ्युल इन्जेक्सन भेरिएन्ट र टिभिएस रेडिअन (एफआइ) सार्वजनिक गरेको छ ।

बिहीबार आयोजित एक विशेष कार्यक्रममा टीभीएसले आफ्ना नयाँ भेरिएन्ट सार्वजनिक गरेकाे हाे ।

नयाँ पुस्तालाई ध्यानमा राखी नयाँ भेरिएन्टहरू सार्वजनिक गरिएकाे हाे ।

टीभीएस रेडर, टिभिएस एनटर्क र टिभिएस रेडिअन नेपालका सबै अधिकृत टीभीएस डिलरहरूमा उपलब्ध छन् । रेडरको मूल्य २ लाख ९२ हजार ९००, टीभीएस एनटर्ककाे मूल्य २ लाख ७९ हजार ९०० र टीभीएस रेडिअनको मूल्य २ लाख ३६ हजार ९०० रुपैयाँ रहेकाे छ ।

कार्यक्रममा टीभीएस मोटर कम्पनीका उपाध्यक्ष राहुल नायकले ग्राहकहरूका लागि नयाँ शैली र सुविधासहितका स्कुटर र मोटरसाइकलको विकास गरिएको बताए ।

जगदम्बा माेटर्स प्रालिका कार्यकारी निर्देशक अखिल गुप्ताले नयाँ भेरियन्टले सबैकाे मन जित्ने विश्वास व्यक्त गरेका छन् ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुई पांग्रे सवारीसाधनका लागि एक मात्र आधिकारिक वितरक हो ।

कम्पनीको नेपालभर १४० भन्दा बढी वितरकहरू रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.