ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले गर्‍यो प्रतिफल घोषणा

  २०८१ भदौ २८ गते ११:१७     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले गत आर्थिक वर्षका लागि इकाईधनीहरूलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ ।

ग्लोबल आइएमई क्यापिटलको योजना व्यवस्थापनमा ग्लोबल आइएमई म्युचुअल फण्डअन्तर्गत सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले गत आर्थिक वर्षका लागि प्रतिफल घोषणा गरेको हो ।

कम्पनीको भदौ २८ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले करसहित ५ प्रतिशतले हुन आउने ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

फण्डको कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंक लिमिटेड रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.