केई गाडीको टेष्ट ड्राइभ कार्यक्रम आयोजना हुने

  २०८१ भदौ २८ गते १२:१२     विकासन्युज

काठमाडौं । नेपालको लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले ‘एक्सपेरियन्स केई’ टेष्ट ड्राइभको आयाेजना दुई दिन गर्ने भएकाे छ ।

शनिबार केई शोरुम थापाथली र आइतबार केई शोरुम भाटभटेनी नक्शालमा टेष्ट ड्राइभ हुन लागेकाे हाे ।

केईको इलेक्ट्रिक एसयूभ एक्स थ्री प्राे इभी, इलेक्ट्रिक ह्याचब्याक ई-क्वेट ०४ र ई-क्वेट ०४ टेष्ट ड्राइभ गर्न सकिने कम्पनीले जनाएकाे छ ।

प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरी आकर्षक उपहार राखिएको छ । सहभागीहरूमध्ये एकजना भाग्यशाली सहभागीले जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बाेस्चको मिक्सर ग्रिन्डर प्राप्त गर्नेछन् ।

योजनामा सहभागी हुन र यस कार्यक्रमको विस्तृत जानकारीको लागि ९८०१२०११०३ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएकाे छ ।

लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनअन्तर्गत बिक्री वितरण गरिएको केई चाइनिज ब्रान्ड हो । जुन नाडा अटो शोमा पहिलोपटक सार्वजनिक गरिएको थियो।

हालैमात्र कम्पनीले केई ब्रान्डको सर्भिसको लागि लक्ष्मी न्यू इनर्जी सर्भिस तीनकुनेमा सञ्चालनमा ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.