कामना सेवा विकास बैंकको लाभांश घोषणा

  २०८१ भदौ २८ गते १६:५०     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको भदौ २८ गते बसेको बैठकले गत वर्षको नाफबाट सेयरधनीहरूलाई १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिई आगामी १८औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीलाई वितरण गरिनेछ ।

बैंकले यसअघि आर्थिक वर्ष २०७८/७९ मा ४.६४ प्रतिशत, आर्थिक वर्ष २०७७/७८ मा १९.४७ प्रतिशत, आर्थिक वर्ष २०७६/७७ मा ४.६३ प्रतिशत, आर्थिक वर्ष २०७५/७६ मा ६.८८ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा ९.५ प्रतिशत र आर्थिक वर्ष २०७३/७४ मा १२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.