एक्शन प्लान बनाइ बजार अनुगमन गर्न मुख्यसचिव अर्यालले दिए निर्देशन

  २०८१ भदौ २८ गते १७:२६     विकासन्युज

काठमाडौं । सरकारका मुख्यसचिव एकनारायण अर्यालले एक्शन प्लान बनाइ बजार अनुगमनलाई प्रभावकारी बनाउन ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।

चाडपर्वको बेलामा खाद्यान्नमा मिसावट हुने, मूलय वृद्धि गर्ने र कालोबजारी गर्ने क्रम बढ्ने भन्दै नागरिकलाई ठगिन नदिन एक्शन प्लान बनाएर बजार अनुगमन गर्न सम्पूर्ण प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका हुन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले चाडपर्व सुरु भएपछि बजारमा मूल्यवृद्धि, मिसावट सुरु हुने गरेको भन्दै आवश्यक निरीक्षण गर्न निर्देशन दिए ।

स्थानीय तहसँग समन्वय गरेर कुनैपनि हिसावमा मिसावट, गुणस्तर नभएको सामान सप्लाइ गर्ने र मूल्यवृद्धि गर्नेहरुलाई कारबाहीस्को दायरामा ल्याउन आग्रह गरे । उनले कारबाहीको दायरामा ल्याउने क्रममा कसैले धम्क्याए आफूलाई भन्न पनि आग्रह गरे ।

जनतालाई सुशासन दिनुपर्ने, अपराधको नियन्त्रण र चाडपर्व र नेपालीहरु निराश भएको अहिलेको अवस्थामा भाडा बढाउने, मिसावट गर्नेकुरा सरकारलाई सह्य नहुने बताए ।

प्रमुख जिल्ला अधिकारीहरुसँग चाडपर्वको बेलामा भएका अपराधिक गतिविधिहरुको रिपोर्ट प्रस्तुत गर्न पनि आग्रह गरे । सडकलाई खाल्डाखुल्डी रहित बनाउन, पहिरोहरु पन्छाएर सडक व्यवस्थापन सहज बनाउन, सवारी साधनको उपलब्धता सहज गर्न र घटस्थापना भन्दा १५ दिन अघिदेखि नै गाडीको टिकट खुलाउन निर्देशन दिए ।

‘तपाईंहरूले बजारको नियमित निरीक्षण गर्नुस् । पर्फमेन्स दिनुपर्छ । कति जना कारबाही गर्नुभयो । त्यो म हेर्न चाहन्छु’, उनले भने ।

जागिर खानका लागि मात्रै कार्यालय आउने र झोला बोकेर नेताहरूकोमा धाउने कामको अन्त्य गर्न पनि आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.