सिद्धार्थ बैंकद्वारा विद्यालयमा निर्मित बहुउद्देश्यीय हलको औपचारिक हस्तान्तरण

  २०८१ भदौ ३० गते ९:४९     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको कास्की जिल्लामा अवस्थित अमरसिंह माध्यमिक विद्यालयको दृष्टिविहीन शाखामा निर्माण गरिएको बहुउद्देश्यीय हल विद्यालयलाई हस्तान्तरण गरेको छ ।

हलको उद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडिया तथा विद्यालयका अध्यक्ष कृष्ण प्रसाद कोइरालाले गरेका थिए । बैंकले उक्त हल निर्माण गर्नुका साथसाथै विद्यालयललाई २० थान कम्प्युटर तथा अन्य आवश्यक उपकरणहरु जस्तै सोलार, यूपीएस र ब्याट्री पनि प्रदान गरेको छ ।

यस सहयोगले दृष्टिविहीन विद्यार्थीहरूको आवश्यकतालाई पुरा गर्दै उनीहरुको आत्मविश्वासमा पनि वृद्धि ल्याउने छ भन्ने विश्वास बैंकले लिएको छ ।

यसैगरी विद्यालयलाई प्रदान गरिएका कम्प्युटरहरु मार्फत विद्यार्थीहरुलाई आधुनिक प्रविधिमा पोख्त्त बनाउन, शैक्षिक सामग्री अनलाइन मार्फत प्राप्त गर्न, प्राविधिक सीपलाई बढाउन केही हदसम्मा भए पनि मद्दत पुर्याउनेछ भन्ने विश्वास बैंकले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.