अन्जु श्रेष्ठ बनिन् हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओ

  २०८१ भदौ ३० गते १०:३५     विकासन्युज

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमख कार्यकरी अधिकृत (सीईओ) मा अन्जु श्रेष्ठ नियुक्त भएकी छिन् । सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले कम्पनीको सीईओमा श्रेष्ठलाई नियुक्त गरेको हो ।

ललितपुर महानगरपालिका १० ज्वागल निवासी श्रेष्ठलाई असोज १८ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरेको कम्पनी सचिव ध्रुव प्रसाद न्यौपानेले जानकारी दिए । उनी ४ वर्षका लागि सीईओमा नियुक्त भएकी हुन् ।

गत असार १३ गते विजयबहादुर शाहलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट बर्खास्त गरेपछि श्रेष्ठलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी जिम्मेवारी दिइएको थियो । यसअघि श्रेष्ठ सोही कम्पनीमा डेपुटी सीईओको भूमिकामा थिइन् ।

लामो समयदेखि बीमा क्षेत्रमा आवद्द श्रेष्ठ साविक हिमालयन जनरल इन्स्योरेन्समा विभिन्न पद रहेर काम गरेकी हुन् । उनको पुनर्बीमामा विशेष दख्खलता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.