सेन्ट्रल फाईनान्सको सीईओमा पुन: श्रेष्ठ नियुक्त

  २०८१ भदौ ३० गते ११:३५     विकासन्युज

काठमाडौं । सेन्ट्रल फाईनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन: रजोज मान श्रेष्ठ नियुक्त भएका छन् । भदौ २८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई आगामी असोज ३ गतेदेखि लागु हुने गरी ४ वर्षको दोस्रो कार्यकालका लागि नियुक्ति गर्ने निर्णय गरेको कम्पनीका सचिव गोबिन्द प्रसाईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.