टीभीएसको दशैं-तिहार अफरअन्तर्गत धनगढीका सञ्जीव चौधरीले पाए ७७ हजार क्याशब्याक

  २०८१ भदौ ३० गते १३:३६     विकासन्युज

काठमाडौं । धनगढी टीभीएस बाइकको दशैं-तिहार अफरअन्तर्गत धनगढीका एक युवकले २५ प्रतिशत क्याशब्याक पाएका छन् ।

टीभीएस बाइकले आफ्ना ग्राहकहरूलाई मध्यनजर गर्दै दशैं-तिहारको अवसरमा विभिन्न छुटसहित विभिन्न अफर ल्याएको छ ।

सोही अफरअन्तर्गत धनगढी उपमहानगरपालिका ७ बस्ने सञ्जीत चौधरीले टीभीएस आरटीसी १६० मोडेलको बाइक किन्दा २५ प्रतिशत अर्थात् ७७ हजार बढी क्याशब्याक पाएका हुन् ।

चौधरीले आफ्ना साथीहरूले टीभीएसको बाइक किनेपछि आफूलाई पनि रहर लागेर बाइक किनेको र धनगढीको बागेश्वरी अटोमोटिभ्सबाट बाइक किन्दा आफूलाई २५ प्रतिशत क्याशब्याक परेको बताए ।

टीभीएस कम्पनीले आफ्ना ग्राहकहरूलाई मध्यनजर गर्दै विभिन्न क्याशब्याक तथा अफरहरू ल्याएको र यसबाट प्रत्येक हप्ता देशभरिबाट नै एकएक जना पर्दै आएको बागेश्वरी अटोमोटिभ्स धनगढीले जनाएको छ ।

ग्राहकहरूले अहिले दशैंको अवसरमा किन्नुभन्दा अगावै ५ हजारदेखि ५ लाखसम्म र बाइक खरिद गरेपछि एक हजारदेखि १० लाखसम्मको जित्ने मौका रहेको टीभीएसकाे आधिकारिक बिक्रेता बागेश्वरी अटोमोटिभ्स धनगढीले जनाएको छ ।

साथै यो दशैं-तिहारको अवसरमा बागेश्वरी अटोमोटिभसले जुनसुकै कम्पनीको पुरानो बाइक तथा स्कुटर सँग नयाँ बाइक तथा स्कुटर साटेर लग्न सकिनेसमेत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.