एक वर्षमा २ खर्ब कर छली, सुन चाँदी व्यवसायीको बदमासी

  २०८१ भदौ ३० गते १८:३३     विकासन्युज

काठमाडौं । भारतको गुड्स एण्ड सर्भिस् ट्याक्स इन्टिलिजेन्स महानिर्देशनालय (डीजीजीआई) ले आर्थिक वर्ष सन् २०२३/२४ मा २ खर्ब १ अर्ब  भारतीय रुपैयाँ (भारु) कर छलीसँग सम्बन्धित  ६ हजार ८४ वटा घटनाहरू पत्ता लगाएको छ ।

यो रकम सन् २०२२/२३ को अवधिमा ४ हजार ८७२ मुद्दाहरूमा पत्ता लागेको १ खर्ब १ अर्ब रुपैयाँ भारु जीएसटी छलीको दोब्बर हो । अनुसन्धानका क्रममा अनलाइन गेमिङ, बीएफएसआई सेवा र धातु व्यवसाय कर छलीको सबैभन्दा बढी जोखिम हुने क्षेत्रका रूपमा देखा परेको छ ।

यसबाहेक आर्थिक वर्ष २०२३/२४ मा २६ हजार ६०५ करोड रुपैयाँ स्वेच्छिक कर भुक्तान गरिएको थिय ।  जुन आर्थिक वर्ष २०२२/२३ मा २० हजार ७१३ करोड भन्दा बढी हो । डीजीजीआईको वार्षिक प्रतिवेदनअनुसार कर छलीका घटनाहरूको लगभग ४६ प्रतिशत मुद्दा कर नतिर्ने (गुप्त आपूर्ति र कम मूल्यांकन मार्फत) सँग सम्बन्धित छन् ।

यसबाहेक २० प्रतिशत मुद्दा नक्कली इनपुट ट्याक्स क्रेडिट (आईटीसी) सँग सम्बन्धित छन् भने १९ प्रतिशत आईटीसीको गलत प्रयोगसँग सम्बन्धित छन् । सन् २०२३-२४ मा अनलाइन गेमिङ क्षेत्रमा ७८ मुद्दाहरूमा ८१ हजार ८७५ करोड रुपैयाँको अधिकतम कर छली गरेको पाइएको रिपोर्टमा उल्लेख छ । यसपछि बैंकिङ, वित्तीय सेवा तथा बीमा (बीएफएसआई) क्षेत्रमा १७१ घटनामा १८ हजार ९६१ करोड रुपैयाँ कर छली फेला परेको छ ।

फलाम, तामा, स्क्रयाप र मिश्र धातु क्षेत्रहरूमा १९७६ जीएसटी छलीका घटनाहरू पत्ता लागेको छ, जसको परिणामस्वरूप १६ हजार ८०७ करोडको कर छली भएको रिपोर्टमा उल्लेख छ । यस्तै, पान मसाला, तम्बाकू, चुरोट र बिडी उद्योगमा २१२ वटा घटनाहरूमा ५ हजार ७९४ करोडको कर छली रिपोर्ट गरिएको छ ।

आर्थिक वर्ष २०२३/२४ मा, मुम्बईमा ७० हजार ९८५ करोडको अधिकतम् जीएसटी चोरी भएकाे पत्ता लागेको छ । यो सूचीमा राजधानी दिल्ली दोस्रो स्थानमा छ । दिल्लीमा १८ हजार ३१३ करोड भारुको चोरी र पुणेमा १७ हजार ३२८ करोडको चोरी पत्ता लागेको छ । यसपछि गुरुग्राममा १५ हजार ५०२ करोड रुपैयाँ र हैदरावादमा ११ हजार ०८१ करोड रुपैयाँको जीएसटी चोरी पत्ता लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.