४ महिनादेखि लक्ष्मी सनराइज बैंकमा निक्षेपको ब्याजदर स्थिर, कर्जाको ब्याज घटायो

  २०८१ भदौ ३१ गते ८:४९     विकासन्युज

काठमाडौं । लक्ष्मी सनराइज बैंकले मुद्दति निक्षेपमा ४ महिनादेखि ब्याजदर स्थिर राखेको छ । बैंकले विभिन्न खातामा असोज १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ । जसमा मुद्दति निक्षेपको ब्याजदर अघिल्लो महिनाको नै कायम राखेको छ ।

बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.५० प्रतिशत, संस्थागततर्फ ५.५० प्रतिशत र रेमिट्यान्स खातामा भने ७.५० प्रतिशत ब्याज दिनेछ । यसअघि भदौ, असार र साउनमा पनि सोही ब्याजदर तोकिएको थियो । जेठमा भने बैंकले संस्थागततर्फ ६ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज दिएको थियो ।

बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ५ प्रतिशत ब्याजदर तोकेको छ भने रेमिट्यान्स बचतमा ६ प्रतिशत तोकेको छ ।

बैंकको आधार ८.३९ प्रतिशत छ भने स्प्रेडदर ४ प्रतिशत छ । यसअघि भदौमा ८.९० प्रतिशत आधारदर थियो । बैंकको आधारदर घटेसँगै कर्जाको ब्याजदर पनि स्वतः घट्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.