एनआईसी एसियामा बचत गर्दा बढी ब्याज पाइने, यी ७ बैंकको ब्याज घट्यो

  २०८१ भदौ ३१ गते ९:२९     विकासन्युज

काठमाडौं । असोज महिनाका वाणिज्य बैंकहरूको ब्याजदर सामान्य घटेको छ । भदौ महिनाको तुलनामा असोजमा बैंकहरूको ब्याजदर मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ०.०९८ प्रतिशत र संस्थागततर्फ ०.०८ प्रतिशत घटेको छ ।

असोजमा बैंकहरूको औसत ब्याजदर व्यक्तिगततर्फ ६.४३१ प्रतिशत र संस्थागततर्फ ५.१८ प्रतिशत ब्याजदर कायम छ । जबकी भदौमा औसत ब्याजदर व्यक्तिगततर्फ ६.५२ प्रतिशत र संस्थागततर्फ ५.२६ प्रतिशत ब्याजदर थियो ।

असोजमा १० बैंकले ब्याजदर स्थिर राखेका छन् भने ८ बैंकले घटाएका छन् । यस्तै २ बैंकको ब्याजदर भने बढेको छ ।

एनआईसी एशिया बैंकले व्यक्तिगततर्फ ७.१८ प्रतिशत र संस्थागततर्फ ६.१८ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा बैंकले व्यक्तिगततर्फ ७.४१ प्रतिशत र संस्थागततर्फ ६.४१ प्रतिशत ब्याज प्रदान गरेको थियो ।

नबिल बैंकले मुद्दति निक्षेपकर्तालाई व्यक्तिगततर्फ ६.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर तोकेको थियो ।

एभरेष्ट बैंकले व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत तोकेको छ । यसअघि भदौमा व्यक्तिगततर्फ ६.१० प्रतिशत र संस्थागततर्फ ५.१० प्रतिशत ब्याजदर तोकेको थियो ।

नेपाल बैंकले व्यक्तिगततर्फ ५.९५ प्रतिशत र संस्थागततर्फ ४.९५ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि भदौमा बैंकले व्यक्तिगततर्फ ५.२५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको थियो ।

सानिमा बैंकले व्यक्तिगततर्फ ५.९० प्रतिशत र संस्थागततर्फ ४.३० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा व्यक्तिगततर्फ ६.२० प्रतिशत र संस्थागततर्फ ४.९० प्रतिशत ब्याजदर तोकेको थियो ।

सिटजन्स बैंकले व्यक्तिगततर्फ ६.१५ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजद तोकेको छ । यसअघि भदौमा बैंकले व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको थियो ।

कुन बैंकको ब्याजदर स्थिर ?

प्रभु बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.१० प्रतिशत र संस्थागततर्फ ५.१० प्रतिशत, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत, कुमारी बैंकल व्यक्तिगततर्फ ६.०१ प्रतिशत र संस्थागततर्फ ५.०१ प्रतिशत, सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत, माछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत, ग्लोबल आइएमई बैंकले व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.