सानिमा रिलायन्सले १८.३८ प्रतिशत लाभांश दिने

  २०८१ भदौ ३१ गते १०:२६     विकासन्युज

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्ष २०७९/०८० को संचित नाफाबाट बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीको हाल रहेको चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँको १८.३८ प्रतिशत लाभांश स्वरुप बोनस सेयर वितरण गर्ने कम्पनीले जनाएको छ ।

नियमनकारी निकायको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभामा प्रस्ताव पेस गर्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.