भाटभटेनीको ३०औं शाखा हात्तीवनमा, ५ सयले रोजगारी पाउने

  २०८१ भदौ ३१ गते १३:३५     विकासन्युज

फाइल फोटो ।

काठमाडौं । भाटभटेनी सुपरमार्केट्सले ललितपुरको हात्तीवनमा पनि शाखा खाेल्ने भएकाे छ । भाटभटेनीले ललितपुर १५ स्थित हात्तीवनको क्लासिक चोकमा ३०औं शाखा खाेल्न लागेकाे हाे ।

भाटभटेनी सुपरमार्केटले भूमिपूजन सम्पन्न गरिसकेकाे छ । करिब एक वर्षमा निर्माण सम्पन्न हुने भाटभटेनीले जनाएकाे छ ।

यसअघि पोखरा र चितवनमा २८औं र २९औं शाखा निर्माणका लागि भूमिपूजन सम्पन्न भएको छ ।

भाटभटेनीले नयाँ शाखामा करिब पाँच सय युवालाई रोजगारी दिनेगरी निर्माण हुन लागेकाे जनाएकाे छ । भाटभटेनीले देशभरका विभिन्न शाखामा पार्टटाइम काम पनि दिइरहेकाे छ ।

भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशन मीनबहादुर गुरुङ हुन् । गुरुङले सन् १९८४ मा भाटभटेनी सुपर मार्केटकाे स्थापना गरेका थिए ।

गुरुङ सन् १९५८ मा खोटाङमा जन्मिएका थिए । उनले नेपाल बैंक लिमिटेडमा काम गर्दै अर्थशास्त्रमा स्नातकोतर तहको अध्ययन पनि सम्पन्न गरेका थिए। उनले बैंकिङ क्षेत्रमा काम गर्ने क्रममा ‍भाटभटेनी सुपरमार्केट जन्मिएकाे थियाे । सुरुकाे सुपरमार्केटमा ३५ हजार रुपैयाँ लगानी गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.