सिटी एक्सप्रेसको दशैं-तिहार योजना सार्वजनिक, हरेक हप्ता दुई जनालाई स्मार्ट टिभी

  २०८१ भदौ ३१ गते १४:०७     विकासन्युज

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालीहरूको महान चाड दशैं-तिहार र छठ्लाई लक्षित गर्दै विशेष याेजना घाेषणा गरेकाे छ ।

सिटी एक्सप्रेसले १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा ९० दिनसम्म चल्नेगरी ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौं गुणा’ उपहार योजना घोषणा गरेको हाे ।

उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्टफोन, हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टिभीका साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरूलाई जनही रु ५०० को वालेट टपअप र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने सिटी एक्सप्रेसले जनाएकाे छ ।

कम्पनीका अनुसार ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौं गुणा’ अफर असोज १ देखि मङ्सिर ३० गते सम्म लागू हुनेछ । यो अवधिभरि सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।

यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू हुनेछैन ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले विगत १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पेबाट रेमिट्यान्स भुक्तानी पनि गर्न सकिन्छ ।

उक्त कार्यक्रममा चर्चित हास्यकलाकार तथा सिटी एक्सप्रेसका ब्राण्ड एम्बास्डर जितु नेपालको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.