सहकारी छानबिन समितिको प्रतिवेदन पारित, ४० सहकारीको ८६ अर्ब ठगी

  २०८१ भदौ ३१ गते १४:४१     विकासन्युज

काठमाडौं । सहकारी ठगी छानबिन गर्न गठित संसदीय विशेष समितिले प्रतिवेदन पारित गरेको छ । सोमबार बसेको समितिको बैठकले प्रतिवेदन पारित गरेको हो ।

समितिले सोमबार नै संसदमा प्रतिवेदन पेस गर्ने तयारी छ । समितिले तयार पारेको प्रतिवेदनमा ४० वटा सहकारीबाट ८७ अर्ब रुपैयाँ ठगी भएको खुलेको छ । समितिका संयोजक सूर्य थापाले कुनै पनि राजनीतिक पूर्वाग्रही नराखी प्रतिवेदन तयार पारेको बताएका छन् ।

समितिले तीन महिना लगाएर प्रतिवेदन तयार पारेको हो । समितिले १५ दिन थप समय माग गरेको थियो ।

समितिले सहकारी ठगीसँग सम्बन्धित विषयको अध्ययन, विभिन्न व्यक्तिहरुसँग सोधपुछ गरेर प्रतिवेदन तयार पारेको उनले बताए ।

संसदीय समितिले जीबी राई समूहले चलाएको सहकारीबाट गोर्खा मिडियामा रकम गएको देखिएको बताएको छ । गोर्खा मिडिया नेटवर्कमार्फत भएको अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानको संलग्नता देखिएको समितिको निष्कर्ष छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.