लघु कम्पनीलाई पनि मोटर तेस्रो पक्षको पुल प्रणालीमा समावेश गर्ने तयारी

  २०८१ भदौ ३१ गते १७:१५     विकासन्युज

काठमाडौं । मोटर बीमाको तेस्रो पक्षको पुल प्रणालीमा लघु बीमा कम्पनीलाई पनि समावेश गर्ने तयारी भएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले लघु बीमा कम्पनीलाई पनि तेस्रो पक्षको पुल प्रणालीमा समावेश गर्ने तयारी भएको जानकारी दिए ।

हाल मोटर बीमाअन्तर्गतको तेस्रो पक्ष बीमामा पुल प्रणाली लागू छ । जहाँ ठूला निर्जीवन बीमा कम्पनीमात्र प्रणालीमा समावेश छन् । हाल नेपालमा ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरू सञ्चालनमा रहेका छन् । उनीहरूले ५० लाख रुपैयाँ सम्मको बीमा गर्न पाउँछन् ।

तेस्रो पक्ष बीमा भने उनीहरूले पनि ठूला निर्जीवन कम्पनी सरह नै गर्न पाउछन् । तर, उनीहरू अहिले पुल प्रणालीमा समावेश छैनन् ।

उनीहरूलाई पनि सोही पुलमा समावेश गर्ने गरी छलफल भइरहेको अध्यक्ष सिलवालले बताएका छन् । निर्जीवन बीमा कम्पनीहरूको छाता संगठन नेपाल बीमक संघ, प्राघिकरण र लघु निर्जीव बीमा कम्पनीबीच यसबारेमा छलफल भइरहेको उनले बताए ।

मोटर तेस्रो पक्षको पुलको मोडालिटी पनि केही परिवर्तन गर्ने तयारी भएको उनले उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.