नबिलले घोषणा गर्याे नगद लाभांश

  २०८१ असोज १ गते ७:०८     विकासन्युज

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २५ गते बसेको बैठकले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेको हो ।

गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट करसहित ५ करोड ११ लाख ५७ हजार ८९४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो । लाभांश पारित गर्न कम्पनीले असोज २३ गते बिहान ११ बजे काठमाडौंमा १५औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असारसम्मको वासलात र आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.