तीन ठाउँमा घर भाडामा लिँदै नेशनल लाइफ

  २०८१ असोज १ गते ८:३३     विकासन्युज

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले घर भाडामा लिने भएको छ । कम्पनीले शाखा कार्यालय संचालनका लागि ३ ठाउँमा घर भाडामा लिन लागेको हो ।

कम्पनीका अनुसार शाखा कार्यालय संचालनका लागि कलंकि, चावहिल र गोगंगबुमा घर भाडामा आवश्यक परेको हो । उक्त घर मुख्य सडकबाट ५ सय मिटर ५ मिटरको परिधिमा आरसीसी सिस्टमबाट निर्माण भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

इच्छुक व्यक्ति तथा कम्पनीले आफूले चाहेको मासिक करसहितको रकम उल्लेख गरी ७ दिनभित्र आवेदन दिनुपर्नेछ । साथै घरको लालपुर्जा, नक्सापास, घरधनीको नागरिकता लगायतका कागजात पनि पेस गर्नुपर्ने कम्पनीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.