ई-सेवाको दशैं-तिहार अफर, जुनसुकै कारोबार गर्दा नयाँ कार जित्न सकिने

  २०८१ असोज १ गते १२:११     विकासन्युज

 

काठमाडौं । नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी ई-सेवाले यसपालिको दशैंतिहार र छठ पर्वलक्षित गरेर ‘इसेवा महा-उत्सव: ईसेवाको कारोबारमा नामीको दामी कार’ अफर सार्वजनिक गरेको छ ।

यस अफरअन्तर्गत असोज १ देखि कार्तिक ३० गतेसम्म ई-सेवाबाट जुनसुकै कारोबार गर्ने प्रयोगकर्ताहरूमध्ये एक भाग्यशाली प्रयोगकर्ताले नयाँ नामी इलेक्ट्रिक कार जित्न सक्नेछन् ।

आफ्नो आवश्यकताअनुरूप ई-सेवाका जुनसुकै सेवाको प्रयोग वा ई-सेवाबाट कारोबार गर्दा उक्त बम्पर उपहार जित्ने सकिने कम्पनीले जनाएकाे छ ।

यसका साथै एक सय रुपैयाँको खेलमा हरेक महिना एक भाग्यशाली प्रयोगकर्ताले आइफाे‍न १६ पनि जित्न सक्नेछन् । मात्र एक सय रुपैयाँमा यो खेल खेल्न सकिनेछ भने त्यो रकम प्रयोगकर्ताहरूले मोबाइल रिचार्जको रूपमा नै फिर्ता पाउनेछन् । त्यसैगरी, दैनिक र साप्ताहिक रूपमा पनि आकर्षक अफर र उपहार जित्न सकिनेछ ।

दैनिक अफरअन्तर्गत, अफरको समयावधिमा हरेक दिन निर्धारित समयको लागि फ्ल्यास सेलको रूपमा अफर आउने कम्पनीले जनाएकाे छ । उक्त सेलमा प्रयोगकर्ताहरूले तोकिएको समयमा अधिकतम छुट तथा क्यासब्याक पाउन सक्ने कम्पनीले जनाएकाे छ ।

साप्ताहिक रूपमा आउने अफरमा भने हरेक हप्ताको मंगलबार ई-सेवाका विभिन्न सेवाहरू: मोबाइल रिचार्ज, हवाई टिकट, इन्टरनेट बिल भुक्तानी, इस्पीकर खरिद, बीमा भुक्तानीलगायतका सेवामा विशेष छुट तथा क्यासब्याक पाउन सकिनेछ । यी अफरहरूबारे थप जानकारीहरू ई-सेवाको फेसबुक, इन्स्टाग्राम पेज लगायतका आधिकारिक सामाजिक सञ्जालमार्फत प्राप्त गर्न सकिनेछ ।

ई-सेवा सन् २००९ बाट सेवा दिइरहेको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको यस ईसेवा लिमिटेडले उपत्यका बाहिर पनि ८ वटा शाखा कार्यालयहरू र ३ वटा सम्पर्क कार्यालयहरूबाट सेवा दिँदै आइरहेकाे छ ।

यस कम्पनीसँग १ करोड भन्दा बढी दर्ता भएका ग्राहकहरू, २ लाख ५० हजारभन्दा बढी एजेन्ट, ४९ बैंक, ४५ लघुवित्त, २ हजार २०० भन्दा बढी ई-सेवा क्यास पाेइन्ट तथा ३ लाख ५० हजारभन्दा बढी मर्चेन्टहरू आवद्ध रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.