दिगोको नयाँ सर्भिस सेन्टर पेप्सीकोलामा, नेपालकै पहिलो ब्याट्री अनुसन्धान केन्द्र पनि समावेश

  २०८१ असोज १ गते १४:१६     विकासन्युज

काठमाडौं । दिगाेले अत्याधुनिक इलेक्ट्रिक गाडी सर्भिस सेन्टर पेप्सीकोलामा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

विश्वकर्मा पूजाको शुभ अवसरमा दिगोले सर्भिस सेन्टर सञ्चालनमा ल्याएकाे हाे ।

यस सर्भिस सेन्टरको स्थापनासँगै दिगोको काठमाडौं उपत्यकामा तीनवटा सर्भिस सेन्टर भएका छन् । यसभन्दा अगाडि बल्खु र चारदोबाटोमा दिगाेकाे सर्भिस सेन्टरले सेवा दिइरहेका छन् ।

पेप्सीकाेलाकाे सर्भिस सेन्टरमा नेपालकै पहिलो ब्याट्री अनुसन्धान तथा मर्मत केन्द्र पनि समावेश गरिएको छ । सेन्टरले विद्युतीय सवारीहरूको मर्मत, निरीक्षण र पुनःस्थापनासम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध गराउने दिगाेले जनाएकाे छ ।

दिगो ग्रुपका प्रमुख कार्यकारी अधिकृत साैरभ श्रेष्ठले सर्भिस सेन्टरकाे उद्घाटन गरेका हुन् । उनले यस सर्भिस सेन्टरले ग्राहकहरूलाई सन्तुष्टि दिने बताए ।

‘हाम्रो उद्देश्य भनेको ग्राहकहरूको अपेक्षाभन्दा माथि उठ्ने गुणस्तरीय सेवा दिनु हो । पेप्सीकोलामा रहेको यो नयाँ सेवा केन्द्रले ग्राहकहरूको सन्तुष्टिमा नयाँ उचाइ हासिल गर्नेछ,’ उनले भने ।

दिगो ग्रुपले नेपालमा ११ सिटे भ्यानदेखि ३० सिटे बससम्मका विद्युतीय सवारीसाधनको बिक्रीवितरण र सेवा प्रदान गर्दै आएको छ ।

गाडी बिक्रीमा मात्र नभएर, दिगोको ईकोसिस्टमअन्तर्गत चार्जरको बिक्रीवितरण र मर्मत सेवासमेत उपलब्ध गराइरहेको छ । साथै, विद्युतीय सवारी भाडामा दिने सुविधा पनि उपलब्ध गराएको छ ।

दिगो ई-स्टपले राजमार्गमा नेपालकै सबैभन्दा ठूलो चार्जिङ स्टेशन सञ्चालन गर्दै आएको छ । जहाँ रेस्टुरेन्ट, सार्वजनिक शौचालय, सपिङ मार्ट, र इलेक्ट्रिक सवारीका लागि विशेष सेवा केन्द्रजस्ता सुविधाहरू पनि उपलब्ध छन्।

दिगाे नेपालमा विद्युतीय गाडी, चार्जिङ स्टेशन तथा अरू विद्युतीय पूर्वाधारसहितको प्रणालीमा काम गर्दै आएरहेको नेपालको अग्रणी संस्था हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.