२०८१ असोज १ गते १५:२१ विकासन्युज
काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले अनभेलिग द भीजन अ ट्रान्सफरमेटीभ जोरनी वीथ क्वालीटी एसूरेन्स नामक राष्ट्रियस्तरको सम्मेलन गरी दिर्घकालीन परिकल्पना पारित गरेको छ ।
तिलोत्तमा रुपन्देहीको तिलोत्तमामा सम्पन्न दुई दिने सम्मेलनले कम्पनीको दिर्घकालीन परिकल्पना पारित गरेको छ । उक्त सम्मलेनमा कम्पनीका अध्यक्ष, सञ्चालकहरू, उच्च व्यवस्थापन, विभागीय प्रमुख, अनुगमन प्रमुख तथा देशभरीका २३६ वटा शाखाका प्रबन्धकहरूको सहभागिता थियो । सम्मेलनको उद्घाटन कम्पनीका अध्यक्ष लोक राज शर्माले गरेका थिए ।
सो अवसरमा उनले मर्जर पश्चात कम्पनी देशकै ठूलो लघुवित्त कम्पनीहरू मध्येको एक बन्न पुगेको र आगामी दिनमा देशकै पृथक, अग्रणी एवं अब्बल कम्पनी बन्ने आशा र विश्वास आफूले लिएको बताए ।
उक्त सम्मेलनमा कम्पनीको व्यवसायका विभिन्न सूचकहरूमा उत्कृट कार्य सम्पादन गर्ने ३४ जना कर्मचारीहरुलाई नगद र प्रमाणपत्रसहित पुरस्किृत गरिएको थियो । सम्मेलनमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लक्ष्मीप्रसाद शर्माले कम्पनीको आगामी यात्राको भीजन पेपर प्रस्तुतीकरण गरेका थिए ।
साविकको किसान लघुवित्त वित्तीय संस्था र साविकको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था एकापसमा गाभिएर मातृभूमि लघुवित्त वित्तीय संस्थाको नामबाट गत असार २७ गतेदेखि एकीकृत वित्तीय कारोबार सुरु भएको थियो ।
मर्जरपछि साविकका कम्पनीहरूमा कार्यरत कर्मचारीहरु बीच एकापसमा चिनजान एवं घुलमिल गराउन, कर्मचारीको हौसला बढाउन, काम गर्ने तौर गरिकामा एकरुपता कायम गर्दै द्विविधाहरुलाई समाधान गर्न र साविकका दुई कम्पनीको संस्थागत संस्कृतिलाई मिश्रण गर्ने उद्देश्यले बृहत सम्मेलनको आयोजना गरिएको नायब सीईओ सजल खड्काले बताए ।
कम्पनीको चुक्तापूँजी ६२ करोड ८३ लाख ५७ हजार रुपैयाँ पुगेको छ भने निकट भविष्यमा नै ११ करोड ४९ लाख ९८ हजार रुपैयाँ बराबरको एफपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाउने कम्पनीले बताएको छ । यसपछि कम्पनीको चुक्तापूँजी ७४ करोड ३३ लाख ५५ हजार रुपैयाँ पुग्नेछ । कैलालीमा केन्द्रीय कार्यालय रहेको उक्त कम्पनीको कर्पोट कार्यालय बुढानिलकण्ठ, काठमाडौंमा छ । हाल कम्पनीले २३६ वटा शाखामार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीमा २ लाख १६ हाजर ग्राहकहरु आवद्ध भई ८० हजारभन्दा बढी प्रत्यक्ष रुपमा कर्जा उपभोग गरी लाभान्वित भएका छन् । हाल लगानीमा रहिरहेको कर्जा करिब १२ अर्ब रुपैयाँ र बचत परिचालन करि ४ अब रुपैयाँ रहेको कम्पनीले बताएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.