रास्वपाका उपसभापति स्वर्णिमलाई विश्व पौडेलको ‘शाब्दिक झापड’

  २०८१ असोज १ गते १५:१३     विकासन्युज

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेलाई शाब्दिक झापड प्रहार गरेका छन् । उनले सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपाका सभापति रवी लामिछानेकाे विषयलाई लिएर  व्यङ्ग्यात्मक प्रहार गरेका हुन् ।

सोमबार सहकारी बचत दुरुपयोग छानबिन गर्न बनेको संसदीय विशेष समितिले सार्वजनिक गरेको प्रतिवेदनपछि रवी लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको र नमुछिएको विषयले चर्चा पाएको थियो ।

धेरैले उनलाई कारबाहीको लागि सिफारिस भएको धारणा राखिरहँदा रास्वपाका नेताहरूले भने छानबिन समितिले ‘क्लिन चिट’ दिएको भन्दै खुसी व्यक्त गरेका थिए ।

विशेषगरी रास्वपाका उपसभापति डा. वाग्लेले लामिछानेले क्लिन चिट पाएको र अब अन्य वास्तविक सहकारी ठगहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा राखेका थिए ।

डा. वाग्लेको उक्त अभिव्यक्ति राखेपछि सामाजिक सञ्जालमा पौडेलले व्यङ्ग्यात्मक रूपमा भनेका छन्, ‘बोर्डिङ र विदेशमात्र पढेका साथीहरूको नेपाली लेखपढ कमजोर छ भन्ने त थाहा थियो । तर, रिपोर्ट पढ्दा ‘कारबाही सिफारिस’ भनेर लेखेकोलाई ‘उन्मुक्ति दिएको’ भनेर बुझ्लान् भन्ने चाहिं थिएन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.